२०८१ आश्विन २८, सोमबार
२४ कार्तिक,बागलुङ – यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् ।
बागलुङका अधिकांशका घरमा लगाईएका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् ।
तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि आँउदै गरेको तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने निस्चित् भएको छ ।
यस वर्षको तिहार गत वर्षको भन्दा झण्डैं एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठेखोला गाउँपालिकाका स्थानीय युवराज शर्माले बताए ।
यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको उनले बताए ।
मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन ।
घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीयवासी चिन्तित छन् ।
यस वर्ष अत्यधिक वर्षाका कारण पुष्पखेतीमा असर परेपनि जोगिएका फूल राम्रै फुलेका थिए ।
सामान्यतया तीन/चार महिना अवधि मात्रै रहने सयपत्री फूल यस वर्षको तिहार ढिलो परेकाले फूल जोगाउन नसकिएको शर्माले बताए ।
कात्तिक दोस्रो सातासम्म फक्रिएका फूल मौसम परिवर्तन भएर चिसो बढ्नुका साथै शीत पर्न थालेपछि एक सातामै कुहिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar