• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

४८ मिनेट अघि
२

साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

५९ मिनेट अघि
३

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

१ घण्टा अघि
४

बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

१ घण्टा अघि
५

ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

१ घण्टा अघि
६

मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

२ घण्टा अघि
७

शेयर बजारमा सामान्य वृद्धि

२ घण्टा अघि
८

ठमेलमा युवतीको कुटपिट गरी हत्या

२ घण्टा अघि
९

गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग

३ घण्टा अघि
१०

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

३ घण्टा अघि
११

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

३ घण्टा अघि
१२

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १ दिन अघि
  • rajendra sir photo ३

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    २ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    १ हफ्ता अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    २ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • त्रिसुली नदिमा शनिवारको जलयात्रा : एकाएक मिडियामा कसरी भयो भाईरल ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २३, आईतबार (२ साल अघि)
  • १६६२ पाठक संख्या
  • rafting

    २३ कार्तिक,काठमाडौं – गत शनिवार धादिङको सिद्धलेक गाँउपालिका ४ स्थित् रिभर पार्क बिच रिसोर्टबाट ३५ जनाको टिमले जलयात्रा गरे ।

    सधैंजसो रिभर पार्क बिच रिसोर्टबाट डुगां मार्फत् जलयात्रा हुनेगरेपनी संचारमाध्यमले भने खासै चासोको रुपमा लिने गरेको थिएन ।

    तर हिजो शनिवारको  जलयात्राको भने अहिले उल्लेखिय मात्रामा अनलाईन मिडिया तथा छापा माध्यमले प्रचार गरेका छन् ।    त्यतिमात्र होईन अहिले उक्त जलयात्राको सामाजिक संजालमा समेत भाईरल भएको छ ।

    त्यसो त उक्त जलयात्रामा पर्यटन ब्यवसायीसंगै कलाकार र संचारकर्मीहरु समेत सामेल थिए । सोहि कारण आईतवार नेपालका केहि मिडियामा समाचार र फेटो फिचरको रुपमा उक्त जलयात्राबारे समाचार प्रकाशित् भयो । र भाईरल नै भयो ।

    उक्त जलयात्रामा पर्यटन ब्यवसायीहरुसंगै राष्ट्रिय समाचार समिती राससमा कार्यरत् नारायण ढुगांना, रेडियो थाहा संचारमा कार्यरत् पत्रकार घनश्याम रिजाल लगायतको सहभागिता रहेको थियो । र उनिहरुलेनै समाचार संप्रेषण गरेपस्चात् बिभिन्न अनलाईन मिडियाहरुमा उक्त जलयात्रा भाईरल भएको हो ।

    यहि स्टोरी जुन स्टोरीले भाईरल बनायो 

    – देशकै व्यस्त राजमार्ग नारायणगढको किनारै किनार धादिङको गल्छीसम्म त्रिशूली नागबेली बग्छिन् ।

    मुग्लिन हुँदै काठमाडौंको सडक यात्रामा हुइँकिँदा देखिने त्रिशूलीलाई नजीकबाट छाम्न भने बलौटे बगरमै पुग्नुपर्छ । मुलुकको महत्वपूर्ण शहर काठमाडौं, पोखरा, चितवनबीचको मनोरम भू–भाग त्रिशूलीले ओगटेको छ ।

    पहाडैपहाडमा बनेको राजमार्ग छेउमा आफ्नै लयमा बग्ने त्रिशूली पर्यटनको अपार सम्भावनास्थल हो । यहाँको जलक्रिडा विश्वमै प्रख्यात छ । ठाउँठाउँमा नदीमाथि उर्लिएको छालसँग भलाकुसारी गर्ने धोको पूरा गराउन अचेल त्रिशूली हरदम तयार छ ।

    काठमाडौं निवासी घनश्याम रिजालले पनि निकै लामो समयदेखि सँगालेको धोको शनिबार समूहगत रुपमै पूरा गरे । नदी पस्नुअघि के होला, कसो होला भनेर जलयात्रीको मुहारमा द्विविधा झल्किन्थ्यो । त्यसमाथि र्याफ्टिङ रिभर गाइडले अलिकति डर र अलिकति साहसिक वस्तुस्थिति र सुरक्षाका बारेमा जानकारी गराएपछि झन् अन्योलता छायो ।

    जब यात्रा शुरु भयो यात्रीको द्विविधा खुसीमा परिणत भयो । सबैले नदीसँगको मजा लिन थालिहाले । ‘छालसँग खेल्दाको रमाइलो क्षण कहाँ भुल्नसक्नु, पानीमाथि तैरिँदा प्राप्त हुने पानीका फोकाको स्पर्श कम्ता मजा हुन्न’, रिजालले खुसीको बहार सुनाए । पहिलोपहिले देखेको जलयात्राको अनुभव उनले यसपटक आफैँले सँगाले ।

    शनिबार रिजालसहित ३५ जनाको नेतृत्व गोल्डेन आई ग्रुपसँग आबद्ध अरुण सिलवालले गरेका थिए । सधैँ नयाँ–नयाँ साहसिक पर्यटन रुटको खोजीमा लाग्ने सिलवालने भने, ‘यसअघि धेरै ठाउँमा गरिएको जलयात्राभन्दा शनिबारको निक्कै रोमाञ्जक भयो, अबको प्याकेज त्यहीँ हाल्छु ।’

    उनिसँग अन्य व्यवसायीहरु चितवन, काठमाडौं, मकवानपुर र दोलखाबाट आएका थिए । अविस्मरणीय त्रिशूली जलयात्रामा व्यवसायीहरु समीर पाण्डे, प्रदीप विंडारी, सन्देश विंडारी, रमेश सिलवाल, प्रतिभा पाण्डे, मोडल अमित पललगायतले भरपुर मनोरञ्जन लिए ।

    कहिले नदीका छालसँग भलाकुसारी त कहिले पौँठेजोरी नै खेल्नुपर्छ । राम्ररी चलाउन सकिएन भने छालले जित्छ, अनि नदीमा खस्ने सम्भावना पनि छ, तर आत्तिनुपर्ने अवस्था छैन । नदीमा खसी हाले पनि सुरक्षामा धेरै उपाय छन् । ‘पौडिन नजान्नेहरु पनि डराउनु पर्दैन’, ढुक्कले जलयात्रा गर्न आश्वस्त पार्दै ¥याफ्टिङ रिभर गाइड मीनकुमार गुरुङले भने, ‘कोही मान्छे डुब्ने चान्स नै हुन्न, हामी तत्कालै उद्धार गरिहाल्छम् ।’

    यात्राको सुरुमा लाइफ ज्याकेट लगाउनु अनिवार्य छ । त्यसले मानिसलाई पानीमा डुम्न दिँदैन । टाउको जोगाउन हेल्मेटको प्रयोग हुन्छ । आवश्यक सावधानीका डोरी, र्याफ्टिङ एम्बुलेन्स, कायक साथमा हुन्छ । केही भइहाल्यो कि तत्कालै उद्धार गर्न सक्ने तयारीका साथ अनुभवी टोली परिचालन भएका हुन्छन् ।

    शनिबारको जलयात्राको नेतृत्व एड्भेन्चर एप्स नेपालका नदी पथप्रदर्शकले गरेका थिए ।

    मीनकुमारको नेतृत्वमा डुङ्गामा थिए विनोद गुरुङ, जीवन रानामगर, मनोज गुरुङ, सञ्जीव गुरुङ । कायकिङमा सागर त्रिपाठी र हिमाल गुरुङ तथा डकिमा अमृत मगरको पथप्रदर्शक टोली सहभागी थियो ।

    नेपालमा जलयात्रा गराउने यस्ता कम्पनी झण्डै ४० छन् । कालीगण्डकी, कर्णाली, सुनकोशी, मस्र्याङ्दी, भोटेकोशी, सेती, दूधकोशी, त्रिशूली र तमोरलगायतमा जलयात्रा हुन्छ ।

    यद्यपि मुलुक कै केन्द्रविन्दु र राजधानीबाट नजीक तथा सुरक्षाका सबै उपाय अपनाउन सजिलो भएकाले सबैको रोजाइमा त्रिशूली हुने गरेको छ ।

    जति बेगमा पानी दौडिन्छ, त्यति नै र्याफ्टिङको मजा हुन्छ । छालसँग भलाकुसारी गर्दै सँगसँगै उफ्रिएर प्राप्त हुने आनन्द कसैले भुल्न सक्दैनन् । पथप्रदर्शकले बेलाबेलामा प्याडलले हाइफाइ गराएर खुसी थपिदिन्छन् ।

    यात्राका क्रममा गीत सङ्गीतको धुनमा रमाउनेदेखि पानी छ्यापाछ्याप गरेर मजा लिन पर्यटक औधी मन पराउँछन् । कतिपय डुङ्गाबाट हाम्फालेर बग्दै गरेको पानीमा पौडीको मजा लिन तम्सिन्छन् । सहभागी सबैले प्याडल चलाउनुपर्ने भएकाले रमाइलोका बीच थकान बिलाएर जान्छ ।

    बीचमा विश्राम लिँदा नदी किनारको तातो बालुवामा उलटपुलटको मजा बेग्लै हुन्छ । बालुवामा लुकामारी गर्दै एक अर्कालाई टाउको मात्रै देखाएर पुर्नु अर्को रोमाञ्चक क्षण बनिदिन्छ । शनिबार त्यही क्षत्र यत्रतत्र थियो ।

    जलयात्रामा नदीको अवस्था, दूरी, समयअनुसार शुल्क फरक-फरक हुन्छ । मलेखुबाट जवाङखोलाको झण्डै २५ किलोमिटरको एउटा रुट छ । त्रिशूलीमै पनि यस्ता रुट धेरै छ । रमाउँदै जाँदा करीब चार घण्टामा यात्रा टुङ्गिन्छ । पर्यटकको चाहनाअनुसार थप्न पनि सकिन्छ ।

    काठमाडौंका जलयात्रा गराउने कम्पनीले विदेशी पर्यटकलाई प्याकेजमा विभिन्न नदीमा लैजान्थे । कोभिड–१९ का कारण गत वर्षको चैतमा भएको बन्दाबन्दीपछि विदेशी पर्यटक ठप्प छन् ।

    बन्दाबन्दी हटेर जनजीवन सामान्य हुन थालेपछि नेपाली पर्यटक थपिन थालेका छन् । यही दशैँको आपसापबाट भने नदीमा जलयात्रा गर्नेको लर्को लाग्न थालेको धादिङको मलेखुस्थित सिद्धलेख गाउँपालिका-४ मा रहेको रिभर पार्कबीच रिसोर्टका सञ्चालक राममणि सिलवालले बताए ।

    त्यही रिसोर्टबाट जवाङखोला-मौवा खोलासम्मको जलयात्रा रोमाञ्चकारी पनि छ । जलयात्राका लागि शनिबार त्रिशूलीमा सयौँ मानिस जम्मा भए । यहाँ चार डुङ्गामा ३५ जनाले एकै पटक र्याफ्टिङ गरे ।

    झण्डै चार घण्टाको यात्रा भयो । यसको प्याकेज एक छाक सादा खानासहित प्रतिव्यक्ति रु एक हजार ५०० रहेको सञ्चालक सिलवालले जानकारी दिए ।

    मलेखुमा और्लिएपछि बीच रिपोर्ट पुग्न त्रिशूलीमा मोटरबोटको व्यवस्था हुन्छ । उक्त रिसोर्टमै बसेर थप मनोरञ्जन लिन अर्को दुई हजार ५०० थप लाग्छ । अलि सस्तो प्याकेज टेन्टमा बस्दा हुन्छ । त्रिशूलीमा अन्य कम्पनीले विभिन्न गन्तव्यस्थलबाट सयौँलाई र्याफ्टिङ गराउने गरेका छन् ।

    जलयात्रामा मानिसको मोह पुनः बढेपछि कोरोनाका कारण बन्द भएका यहाँका झण्डै दर्जन होटल, रिसोर्ट धमाधम खुल्न थालेको छ । प्रायः शुक्रबार र शनिबार जलयात्राका लागि सयौँ मानिसको भीड हुन थालेको छ ।

    यात्राका क्रममा त्रिशूली रिभर साइडबाट आएको झण्डै १०० जना जलयात्राको ठूलो टोलीसँग जम्काभेटसमेत भएको थियो । उनीहरु पनि त्यसैगरी रमाइरहेका थिए ।

    राजधानी नजीक, राजमार्गको छेउ, उद्धार गर्न सजिलोलगायत कारणले पनि त्रिशूली सबैको रोजाइमा पर्ने जलविहार क्रिडास्थल रहेको व्यवसायीहरु बताउँछन् । वर्षमा एक लाखभन्दा बढीले यहाँ जलयात्रा गर्ने गरेको अनुभव यहाँका पर्यटन व्यवसायीको छ । विसं २०४२ ताकाबाट नै यहाँ जलयात्रा प्रारम्भ भएको थियो ।

    नदीजन्य पदार्थको उत्खननले भने त्रिशूलीको पानीमा असर गरिरहेको छ । जसका कारण जलयात्रीलाई खिन्न बनाउने गरेको छ । शनिबार पनि धमिलो पानीमै जलयात्रा चलेको थियो । पानीभित्र यन्त्र लगाएर गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्दा पानी धमिले हुने र धारसमेत परिवर्तन हुने गरेको छ ।

    यसका साथै सरसफाइ अर्को चुनौतीका रुपमा देखिने गरेको छ । सिद्धलेख गाउँपालिका–४ का अध्यक्ष रामहरि बराकोटीले यहाँको पर्यटन विकासका लागि जलयात्रा उत्कृष्ट गन्तव्य भएको बताए ।

    त्यसैले गाउँपालिकाले त्रिशूली नदीलाई सफा राख्न र जलयात्रालाई व्यवस्थित बनाउने अभियानलाई तीव्र दिएको उाले बताए । ‘त्रिशूलीमा छालसँगको भलाकुसारी’ शिर्षकमा नारायण ढुगांनाले राससमा समाचार लेखेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

  • ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

  • मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

  • ठमेलमा युवतीको कुटपिट गरी हत्या


  • समाचार
  • १

    कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार
    ४८ मिनेट अघि

  • २

    साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ
    ५९ मिनेट अघि

  • ३

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
    १ घण्टा अघि

  • ४

    बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल
    १ घण्टा अघि

  • ५

    ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ
    १ घण्टा अघि

  • ६

    मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
    २ घण्टा अघि

  • ७

    शेयर बजारमा सामान्य वृद्धि
    २ घण्टा अघि

  • ८

    ठमेलमा युवतीको कुटपिट गरी हत्या
    २ घण्टा अघि

  • ९

    गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग
    ३ घण्टा अघि

  • १०

    जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    शुभयुग सम्वाददाता
    २

    उत्तर प्रदेशमा नाबालिगको सामूहिक बलात्कारपछि हत्या, दुई जना पक्राउ

    शुभयुग सम्वाददाता
    ३

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution