२४ घण्टामा २,८१७ कोरोना संक्रमित थपिए : निको हुनेको संख्या कती ?
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २३, आईतबार (३ साल अघि)
८४८ पाठक संख्या
२३ कार्तिक, काठमाडौं – पछिल्लो २४ घण्टामा आज देशभर थप २ हजार ८१७ जना कोरोना भाइरसको संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ८१७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसंगै अव देशैभर सक्रिय संक्रमितको सख्या ३५ हजार ४१९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ हजार ३११ परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या १५ लाख ४० हजार ७७ पुगेको समेत स्वास्थ्य मनत्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा आज थप २ हजार ८१२ कोरोना संक्रमित निको भएको छ । योसँगै निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ। यो कुल संक्रमितका ८१.१ प्रतिशत हो।