२९असोज,काठमाण्डौं – काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।
बैंकका सुरक्षा गार्ड रुद्र बहादुर मगरले बोकेको खुकुरी अपरिचित व्यक्तिले खोसेर नै प्रहार गरेको प्रहरीले जनाएको छ । सुरक्षा गार्डलाई हातमा खुकरी प्रहार गरेलगत्तै ती व्यति फरार भएका छन् ।
बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा सुरक्षा गार्डसगँ विवाद भएपछि सुरक्षा गार्डले बोकेको खुकुरी खोसेर प्रहार गरेको काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी सोमेन्द्र राठौरले जीएनएनलाई बताए ।
प्रवक्ता राठौरले भने,‘ बैकको लाइनमा बसिरहेका व्यतिसगँ सामान्य विवाद भएको रहेछ सुरक्षा गार्ड सगँ । त्यही क्रममा खुकुरी प्रहार गरे लगतै फरार भए ।’
घाइते मगरलाई उपचारको लागि काठमाडौँ मेडिकल कलेजमा लगिएको एसपी राठौरले बताए । खुकुरी प्रहार गर्ने व्यतिको पहिचान भइसेकोको छैन । उनको खोजी कार्य जारी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar