• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नयाँ चलचित्रको तयारीमा नीता

१४ घण्टा अघि
२

रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

१४ घण्टा अघि
३

धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

२० घण्टा अघि
४

धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला

२१ घण्टा अघि
५

रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

२१ घण्टा अघि
६

आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

१ दिन अघि
७

प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

१ दिन अघि
८

भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो

१ दिन अघि
९

चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प

१ दिन अघि
१०

क्यापिटल क्विनको उपाधि करुणालाई

१ दिन अघि
११

एकीकृत समाजवादीका सम्मानित नेता खनाल चिन प्रस्थान

१ दिन अघि
१२

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • silver ray १

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ४ हफ्ता अघि
  • press met २

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ४

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ५

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ६

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ८

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ९

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi १०

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    २० घण्टा अघि
  • यसबर्षको दशैंको शुभ साईत सार्वजनिक : कुन् साईत कुन् दिन र कतिबजे हेर्नुहोस्

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • ११४४० पाठक संख्या
  • Dashain tika sait

    १५ असोज,काठमाडौं – आगामी कात्तिक १ गते शनिबारदेखि यसबर्षको बिजया दशमी अर्थात् बडादशैँ शुरु हुँदैछ ।

    आज बिहिवार नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको विजयादशमी लगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घर घरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्ने प्रचलन छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आगामी कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे घटस्थापनाको शुभ साइत परेको छ । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले बताउनुभयो । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।

    घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी ९ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ । देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ । हाल गुह्येश्वरी लगायत राजधानीका मुख्य शक्तिपीठमा भक्तजनलाई दर्शन गर्न भने दिइएको छैन ।

    त्यस्तै कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ । त्यस्तै कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ । त्यस्तै कात्तिक ७ गते शुक्रबार फूलपाती परेको छ । फूलपाती भित्र्याउन भने साइत आवश्यक पर्दैन । विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दशैँ घरमा फूलपाती भित्र्याइने प्रचलन रहेको छ ।

    त्यस्तै कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तलेजु भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर सोहि दिन बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।

    त्यस्तै कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । यस दिन राजधानीको वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ ।

    दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले बताउनुभयो । त्यस्तै विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम रहेको छ ।

    ‘आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले अनिवार्यरूपमा शुभ साइतमा देवीको प्रसाद लगाउनुपर्ने शास्त्रीय वचन छ, आर्यावर्त क्षेत्रमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भूटान, बर्मालगायत देश पर्छन्, यी देशका शासकले देवीको आशीर्वाद लिएर राज्य सञ्चालन गरे शान्ति र सुशासन दिन सक्ने शास्त्रीय मान्यता छ’, उहाँले भन्नुभयो ।

    विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ ।

    टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ ।

    कात्तिक १४ गते शुक्रबार विधिपूर्वक गरिने सबै बलि पूर्तिको कर्म गर्नुपर्छ । कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ । महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने गर्छन् ।

    चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ । मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छ ।

  • उत्तम साइत
  • दशै
  • दशैंको शुभ साईत
  • विजया दशमी
  • शुभसाइत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • नयाँ चलचित्रको तयारीमा नीता

  • धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

  • धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला

  • आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार


  • समाचार
  • १

    नयाँ चलचित्रको तयारीमा नीता
    १४ घण्टा अघि

  • २

    रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली
    १४ घण्टा अघि

  • ३

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो
    २० घण्टा अघि

  • ४

    धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला
    २१ घण्टा अघि

  • ५

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह
    २१ घण्टा अघि

  • ६

    आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार
    १ दिन अघि

  • ७

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक
    १ दिन अघि

  • ८

    भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो
    १ दिन अघि

  • ९

    चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प
    १ दिन अघि

  • १०

    क्यापिटल क्विनको उपाधि करुणालाई
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution