शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ८, बिहिबार (४ साल अघि)
७३० पाठक संख्या
८ असोज काठमाण्डौं – नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोनामुक्त भएका छन्।
गत भदौ २३ गते कोरोना संक्रमण भएका कोइरालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय भरत तिवारीले जानकारी दिए। कोइराला अझै एक हप्ता होम आइसोलेसनमा बस्ने उनले बताए। गत भदौ २३ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेका कोइरालालाई उच्च ज्वरो आएपछी ४ दिन ओम अस्पताल भर्ना भएका थिए।
‘डा कोइरालाको स्वास्थ्य अवस्था अहिले राम्रो छ, कोरोना रिपोर्ट नेगेटिभ आयो,’ तिवारीले भने, ‘अब उहाँ एकहप्ता घरमै आइसोलेसनमा बस्नुहुनेछ।’ यसैबीच कोइरालाको सचिवालयका एक सदस्यलाई पनि कोरोना संक्रमण भएको छ।
बुधबार टेकु अस्पतालमा गरिएको परीक्षणमा सचिवालयमा रहेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।