• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ८, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो

१४ घण्टा अघि
२

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

१४ घण्टा अघि
३

भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा

१५ घण्टा अघि
४

सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

१५ घण्टा अघि
५

‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

१५ घण्टा अघि
६

गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल

१५ घण्टा अघि
७

सरकारले घोषणा गरेको पुरस्कार रकम अझै पाएका छैनौंः कप्तान पौडेल

१७ घण्टा अघि
८

बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता

१७ घण्टा अघि
९

प्रधानमन्त्री दाहाल बेइजिङमा

१७ घण्टा अघि
१०

पानीमा डुबेर एक बालकको ज्यान गयो

१७ घण्टा अघि
११

अप्पर लोहोरे खोलाको आइपीओ नेप्सेमा सूचिकृत

१८ घण्टा अघि
१२

सामान्य बढयो सुनको भाउ

१८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ४ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • संवैधानिक आयोगमा नियुक्ती : दलिय स्वार्थ अनुकूल नहुँदा ४०पद रिक्त

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार (३ साल अघि)
  • ७०८ पाठक संख्या
  • oli deuba

    ५ असोज, काठमाण्डौं – राजनीतिक दलबीच आफू अनुकूलको व्यक्तिलाई नियुक्ति दिन नसक्दा संवैधानिक आयोगमा रिक्त रहेको पदको संख्या ४० पुगेको छ ।

    कतिपय पद त १५ महिनादेखि रिक्त रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका ११ वटा आयोगमा पदाधिकारी अपूर्ण रहेका छन् । संवैधानिक नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बसेर निर्णय गर्नुपर्ने हुन्छ । परिषद्मा प्रमुख विपक्षी दलका नेतासमेत सदस्य रहने गरेका छन् भने उनको अनुपस्थितिमा नियुक्ति गर्न कानुनतः कठिन हुनेछ । सत्ता केन्द्रित दलभित्रकै स्वार्थ र विपक्षीको पनि आकांक्षाले गर्दा आयोगहरू पदाधिकारीविहीन रहेका छन् ।

    जसले गर्दा लामो समयदेखि संवैधानिक परिषद्को बैठक नै बस्न सकेको छैन । प्रमुख दुई दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नियुक्तिको भागबन्डा मिलाउन पटकपटक छलफल भए पनि सहमति बन्न सकेको छैन । १३ संवैधानिक निकायमध्ये राष्ट्रिय मानवअधिकार आयोग र महालेखा परीक्षक, लोकसेवा आयोगबाहेक सबैमा पदमा पदाधिकारी रिक्त छ । निर्वाचन आयोगमा दुई आयुक्त, आदिवासी जनजाति आयोग संविधान जारी भएदेखि नै गठन हुन सकेको छैन ।

    एक अध्यक्ष र चार सदस्य सबै पद रिक्त छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष बालानन्द पौडेल मात्र छन् । बाँकी चार पद खाली छन् । त्यसैगरी मुस्लिम आयोगका अध्यक्षमा सलिम मियाँ अन्सारी मात्रै नियुक्त भएका छन् । चार सदस्यमा नियुक्ति बाँकी छ । राष्ट्रिय समावेशी आयोग अध्यक्षमा शान्तराज सुवेदी र सदस्यमा विष्णुमाया ओझा नियुक्त भएका थिए । अध्यक्ष सुवेदीले राजीनामा दिइसकेका छन् । यो आयोगमा अध्यक्ष र तीन सदस्य पद रिक्त छन् । थारू र मधेसी आयोगमा एक÷एक जना अध्यक्ष मात्र छन् । बाँकी चार/चार सदस्य पद रिक्त छन् ।

    थारू आयोगका अध्यक्षमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा विजयकुमार दत्त नियुक्त भएका छन् ।
    रिक्त ४० पदमध्ये सत्तारूढ दलभित्रैका शीर्ष नेता र प्रमुख प्रतिपक्षले आआफ्नो दाबी प्रस्तुत गरेका छन् । स्रोतका अनुसार कांग्रेस ४० मध्ये १५ पद आपूmलाई दिनुपर्ने दाबी गरेको छ । तर, सहमतिमा यो संख्यामा केही तलमाथि हुन सक्ने कांग्रेसका नेताहरूको भनाइ छ । सबैभन्दा आकर्षक संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग २९ भदौबाट प्रमुखविहीन भएपछि यसमा सत्तारूढ दलभित्र सबैभन्दा बढी किचलो रहेको छ ।

    प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अवकाससँगै अख्तियार प्रमुखविहीन भएको छ । अख्तियारको कार्यबाहक प्रमुख आयुक्त डा। गणेशराज जोशीले सम्हालिरहेका छन् । पछिल्लो समयमा नियुक्तका विषयमा प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवैधानिक नियुक्तिका विषयमा छलफल भएको थियो । यसविषयमा निर्णय गर्न स्थायी कमिटी हँुदै नेकपाको सचिवालय बैठकमा समेत प्रवेश पाएको छ । सचिवालयको सोमबार बस्ने बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    अख्तियारमा प्रधानमन्त्री ओली पूर्वगृहसचिव प्रेमकुमार राईलाई प्रमुख आयुक्त बनाउने तयारीमा छन् । सत्तापक्षकै एक पक्ष भने कार्यबाहक प्रमुख डा। जोशीलाई नै प्रमुख आयुक्त बनाउनुपर्ने पक्षमा छ । प्रधानमन्त्री ओलीले तत्कालका लागि डा। जोशीलाई कार्यवहाक बनाएर चैतमा राईलाई प्रमुख आयुक्त बनाउने तयारीमा रहेको स्रोतले जानकारी दियो । जोशीको कार्यकाल १९ चैतमा सकिने र राईको पनि ६ महिना आयुक्त हुने भएकाले यो विकल्पमा नेकपाभित्र लगभग सहमति बनेको स्रोतको दाबी छ ।

    अन्य आयोगमा भने पार्टीमा विगतमा सहयोग गरेका, विभिन्न क्षेत्रका विज्ञहरू समेटेर नियुक्ति गर्ने तयारी भएको छ । निर्वाचन आयोगमा भने १५ महिनादेखि दुई आयुक्तको पद खाली रहेको छ । त्यसमा पनि नेकपाभित्र विवाद रहेको छ । शीर्ष नेताहरूले नै आआफ्नो मान्छे नियुक्ति गर्नुपर्ने लबिङ गरिरहेकाले प्रधानमन्त्री ओली अप्ठेरोमा परेको बताइएको छ ।

    कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका नेकपाका दुई अध्यक्षले अब पार्टीभित्र मापदण्ड बनाएर मात्र थप कुराकानी गर्ने भएका छन् । यसअघि तय भएको छलफल देउवाका सहयोगीमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो ।

    नेकपाभित्र सहमति बनेपछि देउवासँग थप छलफल हुने संवैधानिक परिषद्को बैठक बोलाउने तयारी भइरहेको नेताहरूले बताएका छन् । लामो समय आयोगहरू रिक्त राख्दा नकरात्मक सन्देश गइरहेको भन्दै सरकार तत्कालै नियुक्त गर्ने तयारीमा जुटेको छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा

  • ‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

  • गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल

  • बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता


  • समाचार
  • १

    ६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो
    १४ घण्टा अघि

  • २

    सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार
    १४ घण्टा अघि

  • ३

    भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा
    १५ घण्टा अघि

  • ४

    सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ
    १५ घण्टा अघि

  • ५

    ‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान
    १५ घण्टा अघि

  • ६

    गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल
    १५ घण्टा अघि

  • ७

    सरकारले घोषणा गरेको पुरस्कार रकम अझै पाएका छैनौंः कप्तान पौडेल
    १७ घण्टा अघि

  • ८

    बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता
    १७ घण्टा अघि

  • ९

    प्रधानमन्त्री दाहाल बेइजिङमा
    १७ घण्टा अघि

  • १०

    पानीमा डुबेर एक बालकको ज्यान गयो
    १७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा एक सपिङ मलमा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    रुसी कमान्डरहरूको बैठकमा भएको हमलामा कयौं मारिएको युक्रेनको दाबी

    शुभयुग सम्वाददाता
    ३

    श्रम कानूनको विरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा

    शुभयुग सम्वाददाता
    ४

    अमेरिकाद्वारा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने प्रक्रिया सुरु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution