केपी ओलीले अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा निकास दिनुपर्ने कोटेश्वर बैठकको निष्कर्ष
न्युज डेस्कप्रकाशित मिति: २०७७ बैशाख १६, मंगलबार (४ साल अघि)
१६० पाठक संख्या
१६ बैशाख,काठमाडौं – पार्टीभित्रको विवाद समाधान गर्न कोटेश्वरमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको बैठकले केपी ओलीले अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा निकास दिनुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टीभित्रको विवाद समाधान गर्न वरिष्ठ माधव कुमार नेपालको निवास कोटेश्वरमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको बैठकले यथाशीघ्र र व्यवस्थित ढंगले पार्टी कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।
नेता रघुजी पन्तले आफूहरुले व्यवस्थित र यथाशीघ्र बैठक बोलाउन राखेको प्रस्तावमा प्रधानमन्त्री केपी ओली पक्षधर नेताले बैठक बोलाउने तर समस्या समाधान गर्ने हिसावले मात्रै बोलाउने बताए ।
त्यस्तै दुवै पक्षबीच सचिवालयको बैठक मंगलबार बस्ने सहमति पनि भएको छ ।
सचिवालयको बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने पनि सहमति भएको छ । उक्त बैठकमा माधव नेपाल पक्षले सरकार र पार्टीका कामबारे विना पूर्वाग्रह समीक्षा गर्नुपर्ने र समस्याको निकास खोज्नुपर्ने धारणा राखेका थिए ।
त्यस्तै उनीहरुले त्यस्तो निकास पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले दिनुपर्नेमा नेताहरु एकमत बनेका छन् ।