न्युज डेस्कप्रकाशित मिति: २०७६ पौष ९, बुधबार (४ साल अघि)
१२७ पाठक संख्या
धादिङ :
सिद्धलेक गाँउपालिका वडा नं. ४ स्थित् रिभर पार्क रिसोर्टले त्रिसुली नदिमा बगिरहेको मान्छेको जिबितै उद्धार गरेको छ ।
बुधवार दिउसो त्रिसुली नदिमाथी एक युवा काठको मुढासंगै अतालिर्दै पौडिरहेको देखेपछि रिसोर्टको मोटरबोर्ट मार्फत् उद्धार गरियको रिसोर्टका संचालक राममणी सिलवालले जानकारी दिए ।
सिलवालका अनुसार आज दिउसो नदिमा एक युवा काठको मुढा समाउँदै अतालिरहेको देख्यौँ, रिसोर्टमा काम गर्ने कामदारहरु त्यहि थिए र हामीसंग रिसोर्टले प्रयोग गर्दै आएको मोटर बोर्ट स्टिमर थियो, त्यसैले तुरुन्तै कामदारहरुलाई स्टिमर लैजान आग्रह ग¥यौँ । सिलवालले भने ।
स्टिमर पुग्दा उक्त ब्यक्ती चलमलाउन छोडिसकेको सिलवालले बताए । चिसोका कारण होस गुमेको भन्ने ठानेर स्टिमर मार्फत् पारीपट्टि बगरमा लग्यौँ र घरेलुबिधि मार्फत् पानी निकाल्यौँ अनी ईलाका प्रहरी कार्यालय बेनिघाटबाट आएको प्रहरी टोलीलाई जिम्मा लगायर प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएका छौँ सिलवालले बताए ।
उक्त ब्यक्ती गोर्खा जिल्ला छोप्राक घर बताउने अन्दाजी बर्ष ३५ को राजकुमार पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एस् पी रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उक्त ब्यक्तिले आत्महत्या या अन्य कारण त्रिसुली नदिमा पसे भन्ने कुराको अनुसन्धान जारी रहेको समेत एस् पी रेग्मीले बताए । उक्त ब्यक्तीको अहिले प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भैरहेको छ ।