२०८१ जेष्ठ ६, आईतबार
हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।
मंगलबार प्रदेशसभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले केही सांसदहरुको फरक मत रहँदारहँदै पनि विश्वासको मत दिने निर्णय गरेको हो । नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको मुख्य सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।
मुख्यमन्त्री जम्मकट्टेलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । कांग्रेसका ३७ सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्छन् । ११० सदस्यीय प्रदेशसभामा सत्तारुढ दलको बहुमत रहेको छ । विश्वासको मत प्राप्त गर्न जम्मकट्टेललाई ५६ मत भए पुग्छ । बैठक १२:३० बजेका लागि आह्वान भए पनि कांग्रेस संसदीय दलको बैठकको कारण अझै बस्न सकेको छैन ।
कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar