काठमाडौं – गुगल म्याप्समा जेनेरेटिभ एआईको नयाँ फिचिर थपिएको छ । एक ब्लगमार्फत गुगलले म्याप्समा नयाँ अपडेट उपलब्ध भएको जानकारी दिएको हो ।
गुगलका अनुसार म्याप्सको ब्राउजिङ (सर्च) लाई अझ छिटो र छरितो बनाउन लार्ज ल्याङ्ग्वेज मोडल (एलएलमए) एकीकृत गरिएको छ । यससँगै आफू नजिकै रहेको रेष्टुरेन्ट, शपिङ सेन्टर, क्रियाकलाप लगायतका ठाउँ अथवा गतिविधि आफूअनुकूल सर्च गर्न सकिने छ । जस्तै; कुनै पनि होटल अथवा रेष्टुरेन्ट सर्च गर्दा कुकुर लैजान मिल्ने रेष्टुरेन्ट लेख्न सकिने ।
त्यस्ता कुराकानीको भाषामा गरिएको सर्चको सटीक नतिजा दिन म्याप्समा भएको एआई फिचरले रेटिङ, रिभ्यू लगायतका सूचना विश्लेषण गर्ने गुगलको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar