काठमाडौं – एनसेलले हाल सञ्चालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको इयरबड्स र स्मार्टवाच पाउन सक्ने कम्पनीले जनाएको छ ।
वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो । यसमार्फत ग्राहकले अनलिमिटेड इन्टरनेट र वाई-फाई कनेक्टिभिटीको फाइदा लिन सक्छन् । विशेषगरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, ईसेवा, खल्ती, आईएमई पे लगायतका प्लेटफर्ममार्फत लिन सक्छन् ।
यसैगरी अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्ने कम्पनीले जनाएको छ ।
यो अफर अन्तर्गत ग्राहकले वायरफ्री सेवाका लागि अर्धवार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (रु. २,०९५) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (रु. ४,९८९) छुट पाउने कम्पनीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar