२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन आज हेर्न नभ्याइने सूचीमा परेको छ ।
निवेदनमाथि न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
यसअघि न्यायाधीश गिरीविरुद्ध पत्नी आरतीले काठमाडौं जिल्ला अदालत र कपिलवस्तु जिल्ला अदालतमा बैवाहिक बलात्कारको उजुरी हालेकी थिइन् । दुबै अदालतले न्यायधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।
जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् । क्षेत्राधिकार रहेको दुवै उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि रावल सर्वोच्च अदालत पुगेकी हुन् ।
न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ । तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म पुगेकी हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar