२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ५ रनले पराजित भएको छ ।
पोखरामा भएको खेलमा लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा अल आउट भयो ।
हारसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । उसको हारको कारण एपीएफ भने सेमिफाइनलमा पुगेको छ ।
गण्डकीका लागि सुदीप अर्यालले २४ बलमा ३५ रन बनाए । कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले ४ र अजय लुनियाले ३ विकेट लिए । रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३९२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रनको योगदान दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar