काठमाडौं– आज बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जीप दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।
रुकुम पश्चिम प्रहरीका अनुसार अन्य व्यक्तिहरू पनि घाइते भएको हुनसक्ने र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।
घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको रुकुम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar