काठमाडौं– नेकपा एमालेले मङ्सिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्य पहाडी यात्राको तयारीका लागि आज जनसंगठन समन्वय संयन्त्रको विशेष बैठक बस्दै छ ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टीका २३ वटै जनसङ्गठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।
राष्ट्रिय युवा सङ्घका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य किरण पौडेलका अनुसार युवा र विद्यार्थीहरूले विभिन्न पाँच वटा माग राखेर मङ्सिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन् ।
आजको बैठकमा पार्टीले मङ्सिर १४ गते देखि गर्न लागेको मध्य पहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसङ्गठनहरूको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar