काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभन्दा बढी प्रधानमन्त्री हुन नसक्ने साथीहरूले बताए पनि आफू १० महिनादेखि प्रधानमन्त्री भइरहेको बताएका छन् ।
‘सबैभन्दा थौरै समय प्रधानमन्त्री अटल बिहारी बाजपेयी १३ दिन भएका रहेछन् । १३ दिनमै छाड्न परेको रहेछ,’ आज तनहुँको आँबुखैरेनी अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कोही १५ दिन, कोही २० दिन प्रधानमन्त्री बनेका रहेछन् । साथीहरू भन्थे– एक महिनाभन्दा बढी तेरो जाँदैन । ठिकै छ, एक महिना राम्रो काम गर्ने कोसिस गर्छु, गर्दा गर्दै छाड्नु परेछ भने जनतामा जान्छु भनेको थिएँ । भन्दै जाँदा अहिले १० महिना, अब ११ महिना हुन लागिसक्यो, बाँचिराखिएको छ, प्रधानमन्त्री भइराखिएको छ ।’
उनले अझै राम्रो काम गर्न आफूले खोजिरहेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar