काठमाडौं– भक्तपुरको लोकन्थलीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार साँझ मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमा ना.७ ख ४७७४ नम्बरको तेल ट्यांकरले बा.७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका सिन्धुपाल्चोकका ४१ वर्षीय हरिशरण पुरीको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।
जडीबुटीबाट भक्तपुरतर्फ जाँदै गरेको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्यांकर चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ घर भएका ४५ वर्षीय तुलबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत थिमीले अनुसन्धान गरिरहेको डिएसपी पाठकले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar