काठमाडौं– पर्वतको कुश्मा नगरपालिकामा एक पुरुषको आगोमा परेर मृत्यु भएको छ । कुश्मा नगरपालिका–१० समादी बस्ने ६९ वर्षीय लालबहादुर नेपालीको आगोले जलेर आज मृत्यु भएको हो ।
भान्सा कोठाको छेउमा रहेको खाटमा सुतेका उनी खाटबाट खसेर अगेनामा परी जलेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar