२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– १० दिनपछि खुलेको सेयर बजार आज उच्च अङ्कले घटेर राताम्मे भएको छ । दसैं र अन्य बिदाका कारण गएको २ गतेपछि आज खुलेको बजार २८ दशमलव १८ अङ्कले घटेको छ ।
सबै समूहको सेयर ओरालो लागेपछि सेयर बजार परिसूचक नेप्से आज एक हजार आठ सय ७५ दशमलव ६५ विन्दुमा झरेको छ ।
आज जलविद्युत्, होटल र उत्पादन समूहको सेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
यस्तै नेशनल हाइड्रोपावर कम्पनीको सेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर नौ प्रतिशत र सीवाईसी नेपाल लघुवित्त कम्पनीको सेयर साढे छ प्रतिशतले बढेको छ ।
आज २७ लाख १२ हजार कित्ता सेयर ७४ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको चार करोड आठ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar