२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले २०.५३ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको २९औँ वार्षिक साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९–८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको हो ।
साधारण सभाले सेयरधनीहरुलाई आ.व २०७९–०८० का लागि १० प्रतिनिधि बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश बोनस सेयरमा लाग्ने करसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले प्रस्तावित बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
बैंकको साधारण सभाले आ.व २०८०–०८१ को लागि एन अमात्य एण्ड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar