२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै आज जारी गरेको सूचनामा भारतीय रुपैयाँ एक सय दरभन्दा ठूला नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत लगाइएको उल्लेख छ ।
यस्तै, भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ मात्रै लैजान सकिने पनि राष्ट्रबैंकले जनाएको छ । त्यसरी लैजाने वा ल्याउने नोट पनि सय भन्दा ठूला नोट हुन नहुने व्यवस्था गरिएको छ ।
पाँच हजार डलर भन्दा बढीको भारतीय रुपैयाँ ल्याउन लैजान परेमा भन्सारमा घोषणा गर्नुपर्ने छ ।
भारत भ्रमण जानेहरुका लागि बैंक तथा वित्तिय संस्थाबाटै भारतीय रुपैयाँ २५ हजारसम्म र औषधोपचारका लागि भारतीय रुपैयाँ ५० हजारसम्मको सटही सुविधा लिन सकिने पनि राष्ट्रबैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar