२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– आज नेप्से परिसूचक ५.८९ अंक घटेर २००४.४५ विन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.९४, फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७३ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज २८४ स्टकको ७८ हजार ४२१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको ६५ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
नेप्से घटे पनि आज माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । इष्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ ।
आज शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । इन्स्योरेन्सको आज ७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ६ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar