२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजी स्टेसन’ सञ्चालनमा ल्याएको छ ।
‘डिजी स्टेसन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो, जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायताबिना नै गर्न सकिनेछ ।
‘डिजी स्टेसन’को सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ ।
बैंकले प्रथम चरणको ‘डिजी स्टेसन’को सुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरी सञ्चालन गरेको छ ।
क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाख रूपैयाँभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ । साथै, चेक डिपोजिट मेसिनमा ग्राहकले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिंग चेकसमेत डिपोजिट गर्ने सुविधा रहेको बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar