२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोज २९ गतेभित्र अधिवेशन गर्न निर्देशन दिएको छ ।
केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिहरूलाई पत्राचार गर्दै असोजभित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न निर्देशन दिएको हो ।
कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो । यसअघि हुनुपर्ने विभिन्न तहका अधिवेशन गर्न बाँकी रहेका ठाउँमा असोजभित्रै अधिवेशन गरी केन्द्रमा जानकारी गराउन निर्वाचन समितिले आग्रह गरेको हो ।
आउँदो मंसिरमा कांग्रेसको महासमिति बैठक बस्दैछ । त्यसअघि बाँकी रहेका तहमा अधिवेशन गर्न लागेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar