२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– समाजवादी मोर्चाको प्रदेश अन्तर्गत सुदूरपश्चिम प्रदेशमा यसअघि स्थगित भएको सन्देश सभा मंगलबार अर्थात भोलि हुने भएको छ ।
भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।
समाजवादी व्यवस्थाको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।
जिल्ला तहसम्म संगठन विस्तार गर्ने नीति बनाएको मोर्चाले भदौ ८ गतेदेखि मधेश प्रदेशको वीरगञ्जबाट प्रदेशस्तरीय सन्देशसभा गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar