२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– ललिता निवास प्रकरणमा पक्राउ परेका अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो । एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो ।
१७ जनामध्ये एक जना आरोपीले भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन् ।
नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन् । अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो ।
उनी कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार श्रेष्ठले धरौटी जुटाए छुट्न सक्छन् । तर धरौटी बुझाउन नसकेको अवस्थामा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहने जेलर बस्नेतले बताए ।
आइतबार इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो । धरौटी बुझाएर उनी आइतबार राति नै छुटेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar