२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– श्रम गन्तव्य सुरक्षित बनाउन र मानव तस्करी रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन् ।
प्रधानमन्त्रीले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई सहभागी गराई दुई दिवसीय बैठक आयोजना गर्न लागेका हुन् । बैठक आगामी मंगलबार र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चल्नेछ ।
प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा हुने बैठकमा श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar