२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– नेपाल प्रहरीले काठमाडौंबाट हङकङ पठाएको सामानमा भेटिएको लागुऔषध घटनाबारे आधिकारिक जानकारी माग गर्दै हङकङको अध्यागमन विभागलाई पत्र पठाएको छ ।
अहिले कुन लागुऔषध के कति परिणाममा पुगेको भनेर आधिकारीक जानकारी मागेको ब्यूरो प्रमुख एसएसपी गोबिन्द थपलियाले जानकारी दिए ।
नेपालबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानमा हङकङ विमानस्थलमा भन्सारले चेकजाँच गर्दा लागुऔषध गाँजा फेला परेको थियो । त्यसबारे अनुसन्धान गरिरहेको ब्यूरोले त्यहाँको भन्सारसँग विवरण माग गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले चेकजाँच गर्ने भए पनि लागुऔषध छिरेपछि प्रहरीमाथि पनि अनुसन्धान भइरहेको छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोले छुट्टा छुट्टै छानबिन समिति बनाएर घटनाबारे छानबिन गरिरहेका छन् ।
साउन २६ गते नेपाल एयरलाइन्समार्फत गाँजा पुगेको हो । यस बारेमा प्रहरीलाई साउन ३१ गते जानकारी गराइएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar