२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– कोशी प्रदेशमा जारी बजेट शून्यता अन्त्यका लागि सरकारले अर्को अध्यादेश ल्याएको छ । पुनः मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।
सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश र विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
कार्की नेतृत्वकै तत्कालीन सरकारले यसअघि गत जेठ ३२ गते अध्यादेशबाट चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । निवर्तमान मुख्यमन्त्री उद्धव थापाले उक्त अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि भदौ ११ गतेदेखि प्रदेश बजेट शून्यतामा गएको छ । यसअघि ल्याएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको तस्तै ल्याउने तयारी गरिएको मन्त्री मेन्याङ्बोले बताए ।
अध्यादेश जारी भएपछि प्रदेशसभा बैठक बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउन नसके स्वतः निस्क्रिय हुने संवैधानिक प्रावधान छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar