२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपु¥याउन र सामाजिक सन्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ ।
आज एक विज्ञेप्ती जारी गर्दै प्रशासनले उक्त अनुरोध गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नी पत्नी सवार गाडी प्रहरीले रोकेर चेकजाँच गरेपछि सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति लेखेका थिए ।
त्यसैतर्फ इंगित गर्दै प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य भइरहेको स्मरण गराएको छ ।
शाहले शनिबार सामाजिक सञ्जालमा ‘चोर सरकार’ भन्दै ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्कीसहितको स्ट्याटस लेखेका थिए । उनले उक्त स्टाटस भने अहिले फेसबुकबाट हटाइसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar