२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयले सूचना निकालेर दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ ।
यसअघि गएको बुधवार १३ गते नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले विद्यालयहरुमा बिदा दिएको थियो ।
एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै छन् । खेल दिउँसो सवा ३ बजे श्रीलङ्कामा हुँदैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar