२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं- बलात्कारको कसुरमा प्रहरी निगरानीमा रहेका अधिवक्ता भोज बहादुर केसीलाई थुनामै राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।
शुक्रबार केसीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएपछि केसीलाई थुनामा राख्ने बाटो खुला भएको हो ।
बलात्कारको कसुरमा केसीमाथि प्रहरी वृत्त थानकोटले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । त्यसपछि केसीलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेपछि केसी बहोस् भई ढलेका थिए ।
प्रहरीले पक्राउ गर्न नपाउँदै केसी बेहोस भएपछि उनलाई उपचारका लागि मनमोहन मुटुरोग अस्पताल लगिएको थियो ।
तर अस्पतालमै रहेको समयमा केसीले आफ्ना सहयोगी शरन मिजारमार्फत् सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
आफूलाई पक्राउ पुर्जी पनि नदिई नियन्त्रणमा राखिएको भन्दै केसीले रिट दायर गरेपछि तत्कालीन कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भदौ ३ गते कारण देखाऊ र बन्दीसहित उपस्थित हुने आदेश दिएका थियो ।
शुक्रबार प्रहरी वृत्त थानकोटबाट मिसिल कागजसमेत आएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । रिट खारेज भएसँगै केसीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुलेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar