२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं- नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका-१ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय बिजय तामाङ छन् ।
दिपेश र धर्मेन्द्रलाई बिहिबार राती प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा संलग्नता देखिएकाले बिजयलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उनीहरूको साथबाट ९५ हजार नक्कली नोट फेला पारेका हुन् ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar