२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं- १३ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिवी बोहरा छन् ।
उनलाई बिहिबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा लगि जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar