२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं- काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा भोलि दिनभर विद्युत् अवरुद्ध हुने भएको छ ।
आज एक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकू तथा के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के।भी। लाइन १३२ के।भी। मा चार्ज गर्नेगरी कार्य भइरहेको छ ।
उक्त स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar