२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं- आठ वर्षपछि मानिस ओहोरदोहोरका लागि तातोपानी नाका खुलेको छ ।
अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले स्थानीय बासिन्दाका लागि आजसम्म २ सय २७ निलो रङ्गको पास जारी गरेको छ ।
यो पासले सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकका बासिन्दा मितेरी पुल पारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ३० जना स्थानीय बासिन्दालाई चिनियाँ क्षेत्र प्रवेश गराएर नाका खोलिएको हो ।
तर, चीनले खासा बजारसम्म जान भने अनुमति दिइसकेको छैन । यो नाका २०७२ साल वैशाख १२ गतेको भूकम्प पछि बन्द थियो ।
त्यसपछि पुनर्निर्माणलगायतका सहयोग पठाउन चीनले आंशिक रुपमा नाका खोलेको थियो । तर, कोरोनाभाइरस महामारी फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नाका बन्द भएको थियो ।
तीन महिना अघिदेखि भने मालवाहक गाडीका लागि चीनले नाका खुलाएको थियो । तर, मानिसको आवतजावतका लागि भने नाका खुलेको थिएन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar