२०८१ जेष्ठ २, बुधबार
काठमाडौं– भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।
घटनामा अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला–बगोदरा राजमार्गमा यात्रुवहाक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो ।
उनीहरु नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar