• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१७ घण्टा अघि
२

शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार

१८ घण्टा अघि
३

तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

१८ घण्टा अघि
४

दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

१८ घण्टा अघि
५

त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ

१९ घण्टा अघि
६

डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान

२० घण्टा अघि
७

श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित

२० घण्टा अघि
८

टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका

२१ घण्टा अघि
९

सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

२२ घण्टा अघि
१०

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ

२३ घण्टा अघि
११

विद्युत् प्राधिकरणको निजीकरणविरुद्ध नेकपा (बहुमत)को ज्ञापनपत्र

२३ घण्टा अघि
१२

तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ५ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • अव नेपालको प्रमुख खेल चेस

    न्युज डेस्कप्रकाशित मिति: २०८१ बैशाख ३०, आईतबार (१ साल अघि)
  • ८७६ पाठक संख्या
  • dipen rai ches

    नेपालमा बुद्धिचाल खेल (चेस) को लामो इतिहासमा धेरै आरोह र अवरोह पार भएको छ । यस आरोह र अवरोहलाई पार गर्दै यस खेललाई सहर केन्द्रित खेलबाट देशको हरेक क्षेत्रमा लैजाने अभियानमा राईको भूमिका महत्त्वपूर्ण छ । तीनै राईलाई गत महिनाको अन्त्यमा भएको विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तिनै राईसँग गरिएको कुराकानीको सारसंक्षेप ।

    एकदमै स्रोत साधन सहजै उपलब्ध हुने भए पनि चेस खेल किन सहर केन्द्रित मात्र भएको होला ?

    सुरुमा सबै खेल राजधानीबाट नै प्रवेश पाउनु स्वभाविक हो । बढी गतिविधि त्यही हुनु पनि स्वभाविक हो । त्यसपछि मात्र ती खेलहरू अन्य क्षेत्रमा फैलँदै जाने हो । हाम्रो हकमा पनि यो लागू भएको हुन सक्छ ।

    तर, यसको मतलब अन्त पुगेको छैन भन्ने होइन । ताप्लेजुङदेखि रुकुमसम्म ठूला प्रतियोगिता, त्यसमा पनि विदेशी खेलाडीको उपस्थितिमा प्रतियोगिता हुने खेल चेस नै हो । तथापि जुन ढंगले स्तरीय खेलाडीको उत्पादन सबै स्थानमा हुनुपर्ने हो त्यो नभएको साँचो हो । मलाई लाग्छ अबको केही समयमा नै हामी यस सवालमा सचेत हुनेछौँ । नेपालमा सबै क्षेत्रमा स्तरीय खेलाडी उत्पादन हुनेछन् । यसमा हामी सचेत छौँ । यसको असर अबको केही वर्षमा देखिनेछ ।

    विगतमा चेसको नेतृत्व धेरै विषयमा विवादित आएको थियो नि । अब के ती सबै हट्नेछन् ? मलाई लाग्छ, विगतमा भएका धेरै विवादका कुराहरू अब समाधान हुनेछन् । हामीले केही प्रष्ट निर्देशिका बनाएर काम गर्न नसकेका हौँ । यसकारण नेतृत्वले आफ्नो अनुकूल व्याख्या गर्नुभयो होला । थुप्रै विषय प्रष्ट निर्देशिका नभएर नेतृत्वले आफ्नो अनुकूल व्याख्या भयो होला । कतिपय सवालमा नेतृत्वमा रहने फरक व्यक्तिको फरक धारणा देखिएको साँचो हो ।यसको सही समाधान भनेको सबै विषयको सवालमा एउटा प्रस्ट कार्यनीति हामी बनाएर काम गर्ने नै हो । त्यसो भएमा हरेक विषयमा आफू अनुकूल व्याख्या हुन पाउँदैन । पारदर्शी पनि हुन्छ । यसले नेतृत्वलाई अनावश्यक विवादमा पर्न पनि दिँदैन ।

    अब नयाँ नेतृत्वसँगै संघको केही योजना पक्कै होलान् । तपाईंका पनि केही योजना त होलान् नि ?

    म नेपाल बुद्धिचाल महासंघको वरिष्ठ उपाध्यक्ष हुँ । तसर्थ मेरा राष्ट्रिय रूपमा जिम्मेवारी छन् । यसको मतलब यो होइन कि विगतमा मैले प्रतिनिधित्व गरेको इलाम जिल्ला र कोसी प्रदेशप्रति मेरो कुनै जिम्मेवारी छैन । म नेपाली खेलकुदमा विशेष भूमिका रहेको र चेसमा पनि भएको पूर्वी पहाडको प्रतिनिधित्व गर्छु । यसोभन्दा मैले हिचकिचाउनुपर्ने कारण छैन । यसमा मलाई गर्व पनि छ ।

    पूर्वी पहाडले नेपाली खेलकुदको धेरै क्षेत्रमा प्रभाव छाडेको छ । चेसमा पनि नछाडेको होइन । पहाड मात्र होइन सुदूरपूर्वको भूमिका अतुलनीय छ । दुई दशकअगाडि नै झापामा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यसपछि चेसको माहौल ताप्लेजुङ र पछि बिस्तारै पाँचथरमा पनि उत्तिकै छ । यो क्रम पढेर तेह्रथुमसम्म पुगेको छ । धरानमा विद्यालय इन्स्ट्रक्टर तथा इलाममा राष्ट्रिय आर्बिटरको सेमिनार पनि हामीले आयोजना गरेका छौँ । यो सबै गतिविधिको मूल कारण भनेको त्यहाँको जिल्ला नेतृत्व र प्रदेश नेतृत्वको सक्रियता हो । त्यहाँको उपलब्धिलाई व्यवस्थित गर्ने पनि मेरो जिम्मेवारी हो । साथै नेपालमा अन्य भूगोलमा थप कार्यक्रम योजना बनाउन हाम्रो नेतृत्व तत्परतासाथ लाग्नेछ । हाम्रो महासंघको अध्यक्ष लामो समय यस खेलमा बिताउनुभएका कारण हामी उहाँप्रति आशावादी हुनु स्वभाविक पनि हो ।

    वर्षमा कत्ति प्रतियोगिता हुन्छ होला अब ?

    फिडे रेटिङ प्रतियोगिता एक वर्षमा सयको हाराहारीमा हुने गरेका छन् । हामी यसलाई व्यवस्थित बनाउनका लागि सबै जिल्लामा अफिसियल जिल्ला च्याम्पियनसिप, अफिसियल प्रदेश च्याम्पियनसिपको अवधारणा ल्याउनेछौँ । उमेर समूहको राष्ट्रिय च्याम्पियनसिप आयोजना पनि हामी गर्नेछाँै । यसले नेपाली बुद्धिचाललाई नयाँ दिशामा अघि लैजान सक्नेछ । यसैको आधारमा हामी अन्तर्राष्ट्रिय सहभागिता पनि गराउनेछाँै । यसको केही असर केही समयको नतिजामा देखिनेछ ।

    अब के नेपाली चेस उपलब्धिको बाटोमा जान सक्छ ?

    हामी शतप्रतिशत प्रयास गर्नेछाैं । यसमा कुनै कन्जुस्याइँ हुने छैन । केन्द्रीय नेतृत्व सर्वसम्पन्न पक्कै होइन । जिल्ला नेतृत्व र प्रदेश नेतृत्वसँग हामी सहकार्य गर्न तयार छौँ । लामो समयपछि राज्यको तर्फबाट हामीले विशेष प्राथमिकता पाएका छाँ । अर्को महिना हुने यु–१५ राष्ट्रिय खेल महोत्सवमा अत्यन्त थोरै खेल समावेश छन् । यसमा चेस पनि समावेश छ । यसले लामो समयपछि राज्यले हामीलाई प्राथमिकता दिएको महसुस भएको छ । यसका लागि सो प्रतियोगिताका संयोजकसहित सिंगो परिषद्प्रति नेपाल बुद्धिचाल संघको तर्फबाट म आभार व्यक्त गर्न चाहान्छु ।

    अन्त्यमा चेसकर्मी समर्थकलाई केही भन्नुहुन्छ कि ?

    नेपालमा चेस खेलको धेरै लामो इतिहास छ । यो लामो इतिहासमा हामीले धेरै आरोह र अवरोह पार गर्दै यहाँसम्मको यात्रा तय गरेका हाँै । हामीले कतिपय सही गर्न सक्यौँ होला या सकेनाँै होला । त्यता जान आवश्यक छैन एकपटक हामी सबै जुरमुराएर लागौँ हाम्रो भविष्य साँच्चै उज्ज्वल छ ।

  • subhayug
  • चेस
  • बुद्धिचाल खेल
  • प्रतिक्रिया दिनुहोस
    अन्तरर्वार्ता सम्बन्धि थप
  • राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

  • शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार

  • तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

  • त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ


  • समाचार
  • १

    राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव
    १७ घण्टा अघि

  • २

    शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार
    १८ घण्टा अघि

  • ३

    तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा
    १८ घण्टा अघि

  • ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप
    १८ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ
    १९ घण्टा अघि

  • ६

    डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान
    २० घण्टा अघि

  • ७

    श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित
    २० घण्टा अघि

  • ८

    टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका
    २१ घण्टा अघि

  • ९

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह
    २२ घण्टा अघि

  • १०

    रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ
    २३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ४ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    २

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

    subhayug
    ३

    भिन्सियससम्बन्धी डकुमेन्ट्रीमा विवाद

    subhayug
    ४

    संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution