२०८१ जेष्ठ ३, बिहिबार
काठमाडौं– अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ ।
हवाईको माउइ टापु लाहैनामा फैलिएको डढेलोमा उनीहरुले ज्यान गुमाएका हुन् । केही घाइते भएका छन् । त्यहाँ अरु केही मानिस हराइरहेका अनुमान छ ।
हजारौँ नागरिक विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । माउइ पर्यटकीय टापु मानिन्छ ।
मङ्गलवारदेखि शुरु भएको डढेलो निक्कै फैलिएको छ । हवाई राज्यलाई विपदग्रस्त क्षेत्र घोषणा गरिएको छ । प्रभावित क्षेत्र लाहैनामा २ सय ७० भन्दा बढी संरचना ध्वस्त भएका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar