२०८१ जेष्ठ ३, बिहिबार
एजेन्सी– पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुन सक्ने बताइएको छ । कार्यवाहक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री शहबाज सरिफलाई दिइएको नामको सूचीमा सिनेट अध्यक्ष सादिक संजरानीको नाम पनि समावेश छ ।
पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले शुक्रबार राति जियो न्यूजको कार्यक्रम ‘आज शाहजेब खानजादा साथ’ मा बोल्दै गठबन्धन दलहरूसँगको छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नामबारे निर्णय हुने बताए ।
अर्कोतर्फ, प्रधानमन्त्री शाहबाज शरीफले कार्यवाहक प्रधानमन्त्रीको नाम शनिबारसम्म तय हुनेमा आफू आशावादी रहेको बताएका छन् । रेडियो पाकिस्तानका अनुसार इस्लामाबादमा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
शुक्रबार साँझ भएको उक्त बैठकमा शाहबाज सरिफले यस विषयमा अन्तिम निर्णय गर्नुअघि सहयोगीलाई विश्वासमा लिइने बताए । शुक्रबार साँझ नै प्रधानमन्त्रीले गठबन्धन दलका नेताहरुको सम्मानमा रात्रिभोज पनि आयोजना गरेका थिए जसमा कार्यवाहक प्रधानमन्त्रीको नामबारे छलफल भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar