एजेन्सी– दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यसअघि हिजो बिहानसम्म २६ जनाको शव फेला परेकोमा त्यसपछि १३ जनाको शव भेटिएको छ ।
चुङचेओङ प्रान्तमा डुबानमा परेको सुरुङ मार्गमा फसेकाहरुको खोजीमा खटिएको उद्धार टोलीले १३ जना मानिसको शव फेला पारेका हुन् । बाढी नै सुरुङमा पसेपछि निजी गाडी र बसमा यात्रा गरिरहेका यात्रुहरु फसेका थिए । सुरुङ ६ सय ८५ मिटर लामो छ । त्यहाँ नौ जनाको जीवितै उद्धार गरिएको थियो ।
उत्तरी ग्योङसाङ प्रान्तमा ९ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ । वर्षाका कारण १४ वटा सहर र प्रान्तका आठ हजार ८ सय ५२ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar