एजेन्सी– दक्षिण कोरियामा भारी वर्षाका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ ।
तीन दिनदेखि जारी निरन्तर वर्षाका कारण उत्तरी चुङचेओङ प्रान्तमा रहेको एउटा ठूलो बाँधमा पानीको सतह बढ्दा सडकहरु जलमग्न हुनुका साथै यातायात सेवा पनि अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ ।
बाँध आसपासमा रहेका तटीय क्षेत्रका स्थानीय सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण केही सर्वसाधारण घरमै फसेको अधिकारीहरुको भनाइ छ । बाढीमा परेर १० जना बेपत्ता भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar