काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरू आज शनिबार पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यान दिँदै शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो ।
अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेपछि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला भएका हुन् ।
आर्थिक वर्षको अन्तिम महिना भएका कारण सरकारी भुक्तानी तथा राजस्वका कारण बैंक तथा वित्तिय संस्था खुल्न लागेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar