काठमाडौं– नेपाल–चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ ।
यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आइएको थियो ।
बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरूङ जाने परिचयपत्र लिएको भन्ने जनगुनासो बढेपछि रसुवा जिल्लाबाट जारी भएका नागरिकता प्राप्त गर्ने व्यक्तिलाई मात्र स्थायी परिचयपत्र प्रदान गर्न स्थानीय सरकारले अनुरोध गरेको छ ।
नेपाली नागरिकतामा रसुवाको स्थायी ठेगाना उल्लेख भएका व्यक्तिमात्र सिमापासका लागि योग्य हुने बताउँदै रसुवा प्रशासनले जारी गरेका नागरिकतालाई आधार मानी परिचयपत्र दिन अध्यागमन कार्यालय टिमुरेलाई गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको हो ।
स्थायी पास नपाउने व्यक्तिलाई केरूङ जाने पहुँच पु¥याउन ‘वान डे’पास उपलब्ध हुने व्यवस्थाका लागि सम्बन्धित निकायमा अनुरोध गरिने गाउँपालिकाले जनाएको छ ।
समयसमयमा नकारात्मक कुरा उठ्न थालेपछि नेपालको उत्तरी नाका रसुवागढीलाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय सरकारकोतर्फबाट पहल कदमी चालिएको गोसाइँकुण्ड गाउँपालिकालका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar