काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको छ ।
प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहबारे लेखेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए । यसै बिषयलाई लिएर एमालेले प्रधानमन्त्रीको जवाफ मागेको हो ।
आज सभामुख देवराज घिमिरेले बैठक शुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु उठेका थिए,त्यसपछि सभामुख घिमिरेले एमाले सांसद रघुजी पन्तलाइ बोल्न समय दिएका थिए । पन्तले प्रधानमन्त्रीको भनाईले स्वाभीमानमा ठेस लागेको भन्दै प्रधानमन्त्री दाहालको राजीनामा माग गरे ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar