२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनमा प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर गर्न खोजिएको आरोप लगाएका छन् ।
आज अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गएको सोमवार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ’रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भए पनि त्यसमाथि नै बबन्डर गर्न खोजिएको बताए ।
उनले आफूले पुस्तक विमोचनमा प्रीतम सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए ।
प्रचण्डले चाँडै नै माओवादीहरू एउटै केन्द्रमा आउने र सबै सङ्गठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन शुरु गर्ने बताए । उनले नागरिकको मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar