काठमाडौं– चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका – ६ निवासी १५ वर्षीय बालक विजय सरदारको चट्याङ लागेर मृत्यु भएको हो ।
त्यस्तै, चट्याङकै कारण अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । खजुरगाच्छीस्थित मोहमद आसामुदीन मियाको खेतमा आज बिहान धानको बीऊ उखेल्न गएका बालकलाई चट्याङ लागेको थियो ।
चट्याङ लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar