२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– बनाउँदै गरेको धन्सार भत्किएर पुरिँदा गोरखाको गण्डकी गाउँपालिका–४ ढाबेमा एक महिलाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
हिजो बिहान ९ बजेतिर जङ्गबहादुर बरामको निर्माणाधीन धन्सार भत्किँदा उनकी श्रीमती ४१ वर्षकी मीना बरामको घटनास्थलमै ज्यान गएको हो ।
धन्सार बनाउँदै गरेका जङ्गबहादुरका छिमेकी ६५ वर्षका रामकृष्ण बराम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar