काठमाडौं– अर्घाखाँचीमा बँदेल धपाउन थापेको विद्युतीय पासोमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसीकोट नगरपालिका – ३ का २६ वर्षिय बिमल महत रहेका छन् ।
जंगलबाट अरिङगाल पोली फर्कने क्रममा छत्रदेवका केशव खनालको घर नजिकै रहेको मकैबारीमा बँदेल लगायत जंगली जनावरका लागि थापेको विद्युतीय पासोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बँदेल धपाउन करेन्ट लगाउने खनाललाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar